Nepalmuhar Full version →
अर्थ

कहिले-कहिले बृद्धि भएको थियो कर्मचारीको तलब ?

Nepalmuhar May 30, 2026
यस्तो थियो २०७९ साउन १ गतेदेखि बढेको तलवमान र सुविधा...
📄 Download PDF

रकारले निजामति कर्मचारीको तलब २०८३ साउन १ गतेदेखि लागू हुनेगरी २१ प्रतिशतले वृद्धि गरेको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार अपरान्ह सङ्घीय संसदमा आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्दै सो घोषणा गरेका हुन्। 

“कर्मचारीले हाल प्राप्त गरिरहेको महँगी भत्तालाई निरन्तरता दिँदै सुरु स्केलमा १० प्रतिशत तलब वृद्धि गरेको छु । कार्य सम्पादनमा आधारित पारिश्रमिक प्रणालीको सुरुवात गर्न नयाँ तलबमानको १० प्रतिशत मासिक प्रोत्साहन भत्ताको व्यवस्था गरेको छु” उनको घोषणा थियो, “यसबाट हाल खाइपाई आएको पारिश्रमिकमा २१ प्रतिशत खुद वृद्धि भइ ग्रेडसहित न्यूनतम पारिश्रमिक ४० हजारदेखि एक लाख रुपियाँभन्दा माथि हुनेछ ।”

यसअघि सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यमार्फत निजामति कर्मचारीको तलबमा १५ प्रतिशत वृद्धि गरेको थियो । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले तलब वृद्धिको घोषणा गरेका थिए । 

त्यस समयमा नेपाली सेना, प्रहरी, शिक्षक लगायतका सबै राष्ट्रसेवक कर्मचारीलाई प्रोत्साहन गर्न तलब वृद्धि गरिएको तथा राष्ट्रसेवक कर्मचारीले यसअघि पाउँदै आएको महँगी भत्तालाई पनि निरन्तरता दिइयो । 

आर्थिक वर्ष २०७८/७९ मा सरकारले कर्मचारीको तलबमान मासिक दुई हजार रुपियाँ वृद्धि गरेको थियो । तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्र सेवकलाई प्रदान गरिने सेवा सुविधामा समयसापेक्ष बनाइने भन्दै सो घोषणा गरेका थिए।

गत आर्थिक वर्ष २०८२/८३ मा कर्मचारीको तलब वृद्धि भएको थिएन । सो वर्ष तत्कालीन उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वाचन गरेको बजेट भाषणमा महँगी भत्ता भने तीन हजार रुपियाँ वृद्धिगरी पाँच हजार रुपियाँ बनाइएको थियो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सर्वोच्च अदालतको फैसलाको कार्यान्वयन गर्दै करार सेवामा कार्यरत सबै कर्मचारीलाई महँगी भत्ता उपलब्ध गराउने भएको छ । 
सपना थामी/गोरखापत्र

कर्मचारी तलब