STP News Full version →
राजनीति

कृषि विश्वविद्यालयमा नयाँ पदाधिकारी

Nepalmuhar May 25, 2026
उपकुलपति प्रा.डा. होमबहादुर बस्नेतको सिफारिसमा प्रधानमन्त्री एवं कुलपति वालेन्द्र शाहले रिक्त रहेको रजिष्टार पदमा नियुक्त गरेका छन्
कृषि तथा वन विज्ञान विश्वविद्यालयको रजिष्टारमा प्राडा सुविरसिंह नियुक्त भएका छन् । उपकुलपति प्रा.डा. होमबहादुर बस्नेतको सिफारिसमा प्रधानमन्त्री एवं कुलपति वालेन्द्र शाहले रिक्त रहेको रजिष्टार पदमा नियुक्त गरेका हुन् ।
 
प्रधानमन्त्री शाहले बस्नेतलाई अर्को व्यवस्था नभएसम्मका लागि उपकुलपतिमा नियुक्त गरेका थिए । उपकुलपति बस्नेतले तीन सङ्कायका डिन र निर्देशकसमेत नियुक्त गरेका छन् । उनले कृषि सङ्कायको डिनमा प्राडा सुन्दर तिवारी, पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान सङ्काय डिनमा डा. शङ्करराज बर्सिला नियुक्त गरेका छन् । 

वन विज्ञान सङ्कायको डिनमा डा गान्धिव काफ्ले, अनुसन्धान तथा प्रसार निर्देशनालयको निमित्त निर्देशकमा डा उज्जल तिवारी, जैविक प्रविधि केन्द्रको निर्देशकमा डा. हिमाल लुइँटेल र पाठ्यक्रम विकास केन्द्रको निर्देशकमा डा अनिलकुमार तिवारी नियुक्त भएका छन् । 
पदाधिकारी कृषि विश्वविद्यालय