Nepalmuhar Full version →
समसामयिक

ठग टिकटकर तुलसी अधिकारी थाइल्यान्डबाट पक्राउ, 'हनि ट्रयाप' मा पारेको गम्भीर अभियोग

Nepalmuhar May 31, 2026
उनीविरुद्ध ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ ठगी गरेको कसुरमा ललितपुर जिल्ला अदालतमा मुद्दा दायर भएको छ
ठगी तथा आपराधिक विश्वासघात, सम्पत्ति शुद्धीकरण कसुरमा प्रहरीले खोजी गरिरहेकी तुलसी अधिकारी थाइल्यान्डबाट पक्राउ परेकी छन्। सामाजिक सञ्जालमा उनले ‘तुलसा’ नामबाट कारोबार गरिरहेकी थिइन्।

प्रहरीको इन्टरपोल शाखाको सहयोगमा थाइल्यान्डमा गिरफ्तार अधिकारीलाई गएराति काठमाडौँस्थित त्रिभुवन विमानस्थल ल्याइएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी गौतम मिश्रले जानकारी दिएका छन् । उनलाई अदालतमा पेस गर्ने तयारीमा छ ।

तर आज सार्वजनिक बिदा परेकाले उनलाई सोमबार जिल्ला अदालत ललितपुरमा पेस गरिने उनले उनले बताए। सम्पत्ति शुद्धीकरण र ठगीसम्बन्धी कसुरमा उनीविरुद्ध अदालतमा मुद्दा दर्ता भइसकेको छ।

उनीविरुद्ध ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ ठगी गरेको कसुरमा ललितपुर जिल्ला अदालतमा मुद्दा दायर भएको छ। हनी ट्र्यापु  र ठगी कसुरमा पीडित कुमार चिमोरियाले जाहेरी दिएपछि उनीविरुद्ध अनुसन्धान थालिएको थियो। सातदोबाटोस्थित ‘हाम्रो अटोमोबाइल्स’ का सञ्चालक कुमार चिमोरियाले तुलसामाथि सातदोबाटो प्रहरी वृत्तमा जाहेरी दिएका थिए।

तुलसाविरुद्ध आपराधिक लाभ, ठगी र सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाउन प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन पठाएको छ।
ठग टिकटकर तुलसी अधिकारी