Nepalmuhar Full version →
खेलकुद

डडेल्धुरामा सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

Nepalmuhar May 28, 2026
छ वटा खेल आयोजना गरिएको प्रतियोगितामा नौवटै जिल्लाका करिब ९०० खेलाडी सहभागी छन्
सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता डडेल्धुरामा आजदेखि सुरु भएको छ ।

सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा राष्ट्रपति रनिङ शिल्डको १६ औँ संस्करण आज बिहानदेखि सुरु भएको हो । 

छ वटा खेल आयोजना गरिएको प्रतियोगितामा नौवटै जिल्लाका करिब ९०० खेलाडी सहभागी छन् ।  विगतमा कञ्चनपुर र कैलालीमा मात्रै प्रदेशस्तरको रनिङ शिल्ड आयोजना हुँदै आएकामा पहिलोपटक डडेल्धुरामा प्रतियोगिता आयोजना भएको हो ।

सहभागी खेलाडी तथा अन्य व्यवस्थापन प्रदेश खेलकुद परिषद्ले गरेको छ । प्रतियोगिताअन्तर्गत पुरुष तथा महिला भलिबल, पुरुष तथा महिला कबड्डी, उसु, कराते, तेक्वान्दो र एथ्लेटिक्स खेलमा प्रतिस्प्रर्धा हुँदैछ ।

शनिबारसम्म जारी रहने प्रतियोगिताको आज सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री मेघराज खड्काले शुभारम्भ गरेका छन् । 
सुदूरपश्चिम राष्ट्रपति रनिङ शिल्ड