Nepalmuhar Full version →
खेलकुद

नेपाल ओमान बलिङ, ओमान ९४ रनमा अलआउट

Nepalmuhar June 7, 2026
ओमानले एसियन गेम्स पुरुष क्रिकेट छनोटको सेमिफाइनलमा नेपालसामु ९५ रनको लक्ष्य प्रस्तुत गरेको छ । नेपालले कसिलो बलिङ गर्दै ओमानलाई ९४ रनमा अलआउट गरेको हो ।

सिंगापुर नेस्नल क्रिकेट ग्राउन्डमा टस जितेर ब्याटिङ रोजेको ओमानले १९।४ ओभरमा सबै विकेट गुमाएर ९४ रनको योगफल ल्यायो । ओमानका कप्तान सफ्यान मेहमुदले ३८, जुबैर अल बलुशीले २२ र अब्दुल जाइलले १६ रन बनाए ।

नेपालका करण केसीले तीन विकेट लिए । सोमपाल कामी र सन्दीप लामिछानेले दुई–दुई विकेट हात पर्दा शाहब आलम, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले नाममा एक–एक विकेट लिए ।
नेपाल-ओमान बलिङ