Nepalmuhar Full version →
खेलकुद

फुटबलः श्रीलङ्काविरुद्धको खेलमा नेपालको अग्रता

Nepalmuhar May 31, 2026
भारतको गोवामा जारी साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत श्रीलङ्काविरुद्धको खेलमा नेपालले अग्रता बनाएको छ । 

भारतको गोवास्थित पण्डित जवाहारलाल नेरु रङ्गशालामा जारी खेलको पहिलो हाफ सकिदा नेपालले श्रीलङ्कामाथि एक शून्यको अग्रता बनाएको हो । नेपालका लागि रश्मिकुमारी घिसिङले गोल गरिन् । पेनाल्टी एरियाभित्र रेखा पौडेलले दिएको पासलाई सदुपयोग गर्दै रस्मिले गोल गरेकी हुन् ।   

खेलको १२औँ मिनेटमा सरु लिम्बूको पासमा रश्मिकुमारी घिसिङले गरेको प्रहार पोष्ट बाहिरिएको थियो । त्यसैगरी खेलको विभिन्न समयमा पाएको अवसरलाई भने नेपाली महिला खेलाडीले सदुपयोग गर्न सकेका छैनन् । 

यसअघि भुटानविरुद्ध पहिलो खेलमा १–० को जित निकालेको नेपाल आज दोस्रो जितको खोजीमा छ । हालसम्मको भीडन्तमा नेपालले श्रीलङ्कालाई पराजित गर्दै आएको छ । सोही लयलाई दोहो¥याउने दाउमा नेपाल रहेको छ । यसअघि सन् २०२५ मा भएको एएफसी महिला एसियन छनोटमा नेपालले श्रीलङ्कालाई पराजित गरेको थियो । 

आज नेपाली टोलीकी महत्वपूर्ण सदस्य सावित्रा भण्डारी चोटका कारण सहभागी छैनन् भने कम्बोडिया क्लबमा आबद्ध प्रिति राई यस खेलमा सहभागी छैन । सेमिफाइनको खेलमा भने प्रिति राईको उपस्थिति रहने अखिल नेपाल फुटबल सङ्घले जनाएको छ । 
साफ महिला च्याम्पियनसिप फुटबल नेपाल अग्रता