Nepalmuhar Full version →
समसामयिक

'ब्ल्याकमेलर' तुल्सी अधिकारी पुर्पक्षका लागि जेल चलान

Nepalmuhar June 4, 2026
अधिकारीले 'हनी ट्रयाप' मा पार्दै ती सबैसँग 'ब्ल्याकमेल' गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो
'ब्ल्याकमेलर' तुल्सी अधिकारी विरुद्धको आदेश
📄 Download PDF

'ब्ल्याकमेलर' तुल्सी अधिकारी पुर्पक्षका लागि जेल चलान भएकी छन् । ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासले आज उनलाई पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको छ । 

कुमार चिमोरियाको जाहेरी,नेपाल सरकार वादी रहेको उक्त मुद्दामा टिकटकर अधिकारी,अशोककुमार अग्रवालसहित १० जना प्रतिवादी छन् । ती सबैविरुद्ध आपराधिक लाभ, संगठित अपराध र  सम्पत्ति शुद्धीकरणसमेतको कसुरमा मुद्दा चलाइएको छ । अधिकारीले  'हनी ट्रयाप' मा पार्दै ती सबैसँग 'ब्ल्याकमेल' गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

चिमोरियाले २०८२ साउन २४ गते अधिकारीले आफूलाई ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ ठगी गरेको आरोपसहित प्रहरीमा जाहेरी दिएका थिए । अस्ति शुक्रबार मात्र इन्टरपोलको सहयोगमा थाइल्याण्डबाट काठमाडौं ल्याइएकी उनीविरुद्ध दायर मुद्दामा आज पुर्पक्षका लागि जेल पठाउने आदेश भएको हो ।

अधिकारीविरुद्ध सम्पति शुद्धिकरणको समेत मुद्दा छ । उनको २१ करोड सम्पत्तिको स्रोत खुल्न सकेको छैन ।