Nepalmuhar Full version →
अर्थ

भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा

Nepalmuhar June 4, 2026
मुस्ताङको जोमसोम, पर्वतको कुस्मा र कास्कीको हेम्जाबाट गएराति ती गाडी नियन्त्रणमा लिइएको छ
सशस्त्र प्रहरी बल नेपालले भन्सार छलेको आशङ्कामा मुस्ताङको कोरोला नाकाबाट भित्रिएका ७७४ वटा विद्युतीय सवारीसाधन नियन्त्रणमा लिएको छ ।
 
मुस्ताङको जोमसोम, पर्वतको कुस्मा र कास्कीको हेम्जाबाट गएराति ती गाडी नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बलका प्रवक्ता विष्णुप्रसाद भट्टले राससलाई जानकारी दिएका छन् ।
 
गाडी नियन्त्रणमा लिन सशस्त्र प्रहरी बल नेपाल नं ३३ गुल्म मुस्ताङ, म्याग्दी गुल्म, नं २५ चण्डिका गण पर्वत, नं २४ कालिका गण कास्कीबाट ठूलै संख्यामा सुरक्षाकर्मी परिचालन भएका थिए ।
 
यसैगरी, नुवाकोटको पासाङल्हामु सडकबाट पनि दुई वटा गाडी नियन्त्रणमा लिइएको प्रहरीले जनाएकोछ । 
भन्सार छली ७७४ वटा गाडी नियन्त्रण