सिंगापुरमा जारी एसियन गेम्स क्वालिफायर अन्तर्गत नेपालले मलेसियालाई २७६ रनको लक्ष्य दिएको छ।
टस हारेर पहिले ब्याटिङ थालेको नेपालले २० ओभरमा ७ विकेटको क्षतिमा २७५ रन जोड्यो। ओपनर कुशल भुर्तेलले शतकीय इनिङ्स खेले। उनले १२६ रन जोडे। ५४ बल खेलेका उनले १४ चौका र ८ छक्का प्रहार गरे। टी २० आईमा उनको यो तेस्रो शतक हो।
यस्तै, आसिफ शेखले २४ बलमा ६८ रनको आक्रामक पारी खेले। उनले ७ छक्का र ५ चौका प्रहार गरे। दीपेन्द्र सिंह ऐरीले ११ बलमा ३१ रन जोडे। उनले ४ छक्का र १ चौका हिर्काए।
बलिङतर्फ मलेसियाका विरनदीप सिंहले तीन तथा सिद अजिज र विजय उन्नीले दुई–दुई विकेट लिए। नेपाल र मलेसिया दुवै टोली यसअघि नै एसियन गेम्समा छनोट भइसकेका छन्।