अमेरिकाको तल्लो सदन ‘हाउस अफ रिप्रेजेन्टेटिभ्स’ (प्रतिनिधिसभा) ले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानविरुद्ध सैन्य आक्रमण गर्नबाट रोक्ने प्रस्ताव पारित गरेको छ। बीबीसीका अनुसार यो प्रस्ताव २१५ देखि २०८ मतले पारित भएको हो। ट्रम्पकै पार्टीका चार रिपब्लिकन सांसद डेमोक्र्याटिक पार्टीको निर्णयमा सहमत भएपछि ट्रम्पमाथियो झड्का लागेको हो।
युद्धविरुद्ध असहमतिको यस्तो सार्वजनिक प्रदर्शन अमेरिकी कंग्रेस (संसद्) मा विरलै हुने घटना हो । ट्रम्पले इजरायलसँग मिलेर गत फेब्रुअरी १८ मा इरानविरुद्ध भीषण हमला गरेका थिए । त्यसक्रममा इरानका सर्वोच्च नेतालगायत दर्जनौको हत्या भएको थियो । अमेरिकी सिनेटले ट्रम्पको युद्ध शक्तिलाई रोक्ने प्रयास गरिएको यो चौथोपटक हो।
यद्यपि यो प्रस्ताव अब रिपब्लिकन नियन्त्रित अमेरिकी सिनेटले अनुमोदन गर्नुपर्ने हुन्छ। प्रस्ताव सिनेटले पारित गरे पनि इरानविरुद्ध सैन्य हमला पूर्ण रूपमा रोक्ने सम्भावना न्यून छ। ट्रम्पले प्रस्तावलाई भिटो गर्न सक्छन्। यदि उनले यसो गरे भने यसलाई उल्टाउन दुवै सदनमा दुईतिहाइ बहुमत आवश्यक पर्नेछ।
सात पटकको असफल प्रयासपछि सिनेटले मे महिनामा यस्तै प्रस्ताव अघि बढाएको थियो तर त्यसमा पूर्ण सदनबाट पारित हुन सकेको छैन।
एजेन्सीहरु