Nepalmuhar Full version →
खेलकुद

राष्ट्रिय डोरी तान प्रतियोगिता सुरु

Nepalmuhar June 5, 2026
काठमाडौंमा चौथो राष्ट्रिय डोरी तान प्रतियोगिता सुरु भएको छ । नेपाल डोरी तान संघको आयोजनामा पाँच प्रदेश र दुई विभगीय टोली सम्मिलित डोरी तान खेलको चौथो संस्करणको राष्ट्रिय प्रतियोगिता सञ्चालन गरिएको हो ।

कोसी प्रदेश, मधेस प्रदेश, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल सम्मिलित प्रतियोगिताको पहिलो दिन लिग चरणका खेलहरू भएका छन् ।

लिग तालिकाको पहिलो टोली कोसी र चौथो टोली सशस्त्र प्रहरी बलबीच भोलि पहिलो सेमिफाइनल र लिग तालिकाको दोस्रो टोली लुम्बिनी र तेस्रो टोली नेपाल प्रहरीबीच भोलि दोस्रो सेमिफाइनल खेल सञ्चालन गरिने जानकारी चिफ जज सन्तोष तामाङले दिए ।

सेमिफाइनल जित्ने दुई टोलीबीच भोलि नै फाइनल खेल खेलाएर प्रतियोगिता समापन गरिने जानकारी नेपाल डोरी तान संघका महासचिव बिमल पौडेलले बताए ।
डोरी तान प्रतियोगिता