नेपाल–भारत सम्बन्ध, आपसी हित, लोकतान्त्रिक अभ्यास, सुरक्षा सहकार्य तथा दुई देशका राजनीतिक दलहरुबीचको संवाद र सहकार्यका विषयमा विचारविमर्श हुने
भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता हुँदैछ ।
भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा भारतको राजधानी नयाँ दिल्लीमा रहेका सभापति लामिछाने र गृहमन्त्री शाहबीच भेटवार्ता गर्ने कार्यक्रम रहेको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । भेटमा नेपाल–भारत सम्बन्ध, आपसी हित, लोकतान्त्रिक अभ्यास, सुरक्षा सहकार्य तथा दुई देशका राजनीतिक दलहरुबीचको संवाद र सहकार्यका विषयमा विचारविमर्श हुने अपेक्षा गरिएको उनको भनाइ छ ।
सभापति लमिछाने भाजपाका अध्यक्ष नबिनको निमन्त्रणामा पाँच दिने भारत भ्रमणका लागि सोमबार भारत प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले भारतमा बसोबास गर्ने नेपाली समुदाय तथा पार्टीका शुभेच्छुकहरूसँग भेटघाट गर्नुका साथै अयोध्याको भ्रमण पनि गर्नेछन् ।
आजै सभापति लामिछानेले भाजपा मुख्यालयमा अध्यक्ष नवीनलगायतका शीर्ष नेताहरूसँग भेटघाट गरेका छन्।