Nepalmuhar Full version →
राजनीति

सांसद शेर्पाद्वारा सङ्घीय संसद्को ‘लोगो’ सहित सगरमाथा आरोहण

Nepalmuhar May 28, 2026
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य मिङमा डेभिड शेर्पाले सङ्घीय संसद्को ‘लोगो’ सहित सगरमाथा आरोहण गरेका छन् ।उनले हिजो बुधबार बिहान ५ः४० मा सगरमाथाको आरोहण गरेका जनाइएको छ । 

सांसद शेर्पाले ‘बेसक्याप’ फर्किएपछि बुधबार साँझ आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत नवौँ दिनमा सगरमाथाको सफल आरोहण गरेको पोष्ट गरेका थिए । ‘सदनदेखि शिखरसम्म’ भन्ने नाराका साथ सांसद शेर्पा सगरमाथा आरोहण गरेका थिए । उनले आफ्नो सगरमाथा आरोहणमा सहयोग पुर्याउने सभामुख डोलप्रसाद अर्याल सहित सबैमा आभार व्यक्त गरेका छन् । 
सगरमाथा आरोहण मिङमा डेभिड शेर्पा