Nepalmuhar Full version →
खेलकुद

सुदूरपश्चिम पृतनापति ट्रफी प्रतियोगिता सुरु

Nepalmuhar June 4, 2026
कैलालीको तेघरीमा आजदेखि नेपाली सेनाको सुदूरपश्चिम स्तरीय पृतनापति ट्रफी–२०८३ सुरु भएको छ । सुदूरपश्चिम पृतनाका पृतनापति उपरथी किरण केसीले पृतनापति ट्रफी–२०८३ उद्घाटन गर्दै सैनिकहरूमा शारीरिक तन्दुरुस्ती, नेतृत्व क्षमता तथा स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको बताएका छन् ।

प्रतियोगितामा बक्सिङ्ग, बास्केटबल, फुटबल, भलिबल, एथ्लेटिक्स, पौडी, तेक्वान्दो र जुडो गरी आठ विधामा प्रतिस्प्रर्धा हुनेछ । वार्षिक रूपमा खेलाडी उत्पादन गर्ने उद्देश्यले  पृतनापति ट्रफि आयोजना गर्ने गरिएको नेपाली सेनाले जनाएको छ ।

प्रतियोगितामा पृतनाअन्तर्गतका विभिन्न गण तथा गुल्मका खेलाडीबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता सञ्चालनका लागि कैलालीमा तैनाथ सेनाको देवीदल गणले थप समन्वय र सहजीकरण गरिरहेको छ । उद्घाटनको पहिलो खेलमा फुटबलतर्फ देवीदल गण विरुद्ध ३–१ गोलसहित भैरवप्रसाद गणले विजयी यात्रा सुरु गरेको छ ।
सुदूरपश्चिम पृतनापति ट्रफी