Nepalmuhar Full version →
समसामयिक

ललितपुर हरिसिद्धीमा इँटाभट्टाको पर्खाल भत्किँदा १ जनाको मृत्यु, ४ व्यक्ति घाइते

Nepalmuhar March 22, 2026
ललितपुरमा आज (आइतबार) इँटाभट्टाको पर्खाल भत्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। ललितपुर जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी गौतम मिश्रका अनुसार ललितपुर महानगरपालिका( २८, हरिसिद्धीस्थित होसना इँटाभट्टाको पर्खाल भत्किएको हो। ‘घटना आज बिहान १०.१० बजेतिर भएको हो’, उनले भने, ‘इँटाभट्...

ललितपुरमा आज (आइतबार) इँटाभट्टाको पर्खाल भत्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

ललितपुर जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी गौतम मिश्रका अनुसार ललितपुर महानगरपालिका( २८, हरिसिद्धीस्थित होसना इँटाभट्टाको पर्खाल भत्किएको हो।

‘घटना आज बिहान १०.१० बजेतिर भएको हो’, उनले भने, ‘इँटाभट्टामा काम गर्ने क्रममा इँटाभट्टाको वाल भत्किँदा ५ जना घाइते भएका थिए। तीमध्ये रुकुम घर भई इँटाभट्टामा काम गर्ने वर्ष ५५ की तिल्सरी खड्काको उपचारका क्रममा बिहान १०.३० बजे मृत्यु भयो।’

एसपी मिश्रका अनुसार अन्य घाइतेमा रुकुम नै स्थायी थलो भएकी २७ वर्षीया जानकी चन्द, सल्यानकी २७ वर्षीया शान्ति कुँवर, रोल्पाकी ४६ वर्षीया नन्दकुमारी मगर र दाङकी १९ वर्षीया सुमा कुमाल छन् उनीहरुको उपचार जारी छ।

Featured इँटाभट्टा हरिसिद्धी