नेकपा एमालेले बागमती प्रदेश अन्तर्गत उपत्यकाका तीन जिल्लाबाहेक १० वटा जिल्ला कमिटीमा चुनावसम्मका लागि इञ्चार्जहरु तोकेको छ । सचिवालय बैठकले प्रदेश इञ्चार्जमा सचिव महेश बस्नेतलाई जिम्मा दिइसकेको छ ।
वरिष्ठ केन्द्रीय सदस्यलाई इञ्चार्जको जिम्मा दिने भनिएकोमा काभ्रेपलान्चोकमा यसअघि पोलिटब्रो सदस्य र हाल सचिवमा पराजित केन्द्रीय सदस्य निवर्तमान जिल्ला इञ्चार्ज गोकुल बास्कोटाको जिम्मेवारी खोसिएको छ । जहाँ पहिलोपटक केन्द्रीय सदस्य बनेका अशोक ब्याञ्जुलाई इञ्चार्जको जिम्मेवारी दिइएको छ ।
पढ्नुहोस् नयाँ जिल्ला ईन्चार्जहरु
१. सिन्धुली, प्रदीप कटुवाल
२. रामेछाप, माधव ढुङ्गेल
३. दोलखा, पार्बत गुरुङ्ग
४. सिन्धुपाल्चोक, सुवास कर्माचार्य
५. काभ्रेपलाञ्चोक, अशोक ब्यन्जु
६. मकवनपुर, रामेश्वर राना
७. चितवन, देवी ज्ञवाली
८. धादिङ, भूमि त्रीपाठी
९. नुवाकोट ,केशब पाण्डे
१०. रसुवा, प्रेम तामाङ्ग