अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यको सिड्नीस्थित बन्डी बिचमा भएको गोलीबारीमा एक आक्रमणकारीसहित १० जनाको मृत्यु भएको न्यु साउथ वेल्स प्रहरीले जनाएको छ । घटनामा कम्तीमा १२ जना घाइते भएका छन् । दुई सरकारी अधिकारीलाई गोली लागेको छ ।
बिबिसीका अनुसार प्रधानमन्त्री एन्थोनी अल्बानीजले बन्डीको दृश्यलाई स्तब्ध पार्ने र पीडादायी भनी चित्रण गरेका छन् । बीबीसीसँग कुरा गर्दै एक प्रत्यक्षदर्शीले बताए अनुसार गोलीबारी सुरु हुँदा उनी बिचमा भइरहेको हनुकाह कार्यक्रमबाट आफ्ना बच्चाहरू लिएर भागेका थिए । प्रहरीले घटनाको सम्बन्ध हनुकाह कार्यक्रमसँग छ/छैन भन्नेबारे अझै अज्ञात रहेको बताएको छ ।