STP News Full version →
राजनीति

अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा

Nepalmuhar September 20, 2024
माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन यही असोज १० देखि सुरु हुने भएको छ ।  असोज १० देखि १२ गतेसम्म काठमाडौंमा हुने सम्मेलनको उद्घाटन प्रदर्शनीमार्गस्थित वाल्मीकि क्याम्पसको प्रांगणमा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले...

माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन यही असोज १० देखि सुरु हुने भएको छ । 

असोज १० देखि १२ गतेसम्म काठमाडौंमा हुने सम्मेलनको उद्घाटन प्रदर्शनीमार्गस्थित वाल्मीकि क्याम्पसको प्रांगणमा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने छन् ।

सम्मेलनअन्तर्गत ११ गते विधान प्रतिवेदन प्रस्तुत हुने र १२ गते नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने बताइएको छ । यसअघि तय भएको सम्मेलन नेतृत्वबीच सहमति हुन नसक्दा पटक-पटक सर्दै आएको थियो ।

Featured अखिल (क्रान्तिकारी)