STP News Full version →
समसामयिक

सोलुखुम्बुको फलामखानीमा पहिरोले घर पुरियो

Nepalmuhar October 5, 2025
अविरल वर्षापछिको पहिरोले सोलुखुम्बूको फलामखानीमा घर पुरिएको छ। सोलुखुम्बूको दुधकुण्ड नगरपालिका वडा नं. ३ फलामखानीका प्रवीण विकको टिनको छानो र काठले बनेको २ तल्ले घर गएराति पहिरोले पुरेको हो। पहिरोले बिकको घर पुरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। पहिरोमा परेर मानवीय क्षति नभएको तर गोठ...

अविरल वर्षापछिको पहिरोले सोलुखुम्बूको फलामखानीमा घर पुरिएको छ। सोलुखुम्बूको दुधकुण्ड नगरपालिका वडा नं. ३ फलामखानीका प्रवीण विकको टिनको छानो र काठले बनेको २ तल्ले घर गएराति पहिरोले पुरेको हो।

पहिरोले बिकको घर पुरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। पहिरोमा परेर मानवीय क्षति नभएको तर गोठमा बाँधेर राखेको एउटा राँगो र ४ वटा बाख्रा मरेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सोलुखुम्बु फलामखानी