Nepalmuhar Full version →
समसामयिक

सवारी नियम उल्लंघन गरेपछि सभामुख अर्याल सवार गाडीलाई ट्राफिक ‘चिट’

Nepalmuhar April 15, 2026
सवारी नियम उल्लंघन गरेपछि सभामुख डोलप्रसाद (डीपी) अर्याल कारबाहीमा परेका छन् । अर्याल सवार गाडीले थापाथली चोकमा ट्राफिक नियम उल्लंघन गरेर सिंहदरबार छिरेपछि कारबाहीमा परेका हुन् । उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका अनुसार अर्याल सवार गाडीसहित उनको सुरक्षामा खटिएका तीन अगुवा/पछुवा गाडीसमेत कारबाहीमा...

सवारी नियम उल्लंघन गरेपछि सभामुख डोलप्रसाद (डीपी) अर्याल कारबाहीमा परेका छन् । अर्याल सवार गाडीले थापाथली चोकमा ट्राफिक नियम उल्लंघन गरेर सिंहदरबार छिरेपछि कारबाहीमा परेका हुन् ।

उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका अनुसार अर्याल सवार गाडीसहित उनको सुरक्षामा खटिएका तीन अगुवा/पछुवा गाडीसमेत कारबाहीमा परेका छन् । “भीभीआईपीको गाडीलाई त्यहीँ रोकेर चिट काट्न मिलेन,” स्रोतले भन्यो, “लेन क्रस गरेको देखिएपछि सिंहदरबार नै पुगेर हामीले चिट काटेका हौँ ।”

Featured सभामुख अर्याल ट्राफिक 'चिट'