दार्चुलामा अटो रिक्सा दुर्घटना हुँदा एकको निधन भएको छ भने दुई जना बेपत्ता भएका छन् । दार्चुलाको नौगाड गाउँपालिका ५ सौकेबगरमा पाँच जना सवार रिक्सा अनियन्त्रित भएर होपरी खोलामा खस्दा मानवीय क्षति भएको हो ।
जिल्ला प्रहरी कार्यालय, दार्चुलाका प्रहरी निरीक्षक छत्रबहादुर रावतका अनुसार अटो रिक्सा खोलामा खस्दा ११ वर्षीया बालिकाको निधन भएको छ। अन्य २ जना खोलामा बेपत्ता छन्। बेपत्ताहरुको खोजी भइरहेको छ।
अटो रिक्सा खोलामा खस्दा बेपत्ता भएका तीन जनामध्ये बालिकाको शव भेटिएको हो। नौगाडबाट गोकुलेश्वरतर्फ गइरहेको म १ ख ११४८ नम्बरको रिक्सा अनियन्त्रित भएर खोलामा खसेको थियो ।
दुर्घटनामा अटो चालक नौगाड गाउँपालिका ६ का मनिराम भुल र उनका छोरा आयुस भुल घाइते छन्। रिक्सामा चालकसहित ५ जना सवार थिए।