Nepal Muhar Full version →
राजनीति

निर्वाचन सफल बनाउन सरकार र मुख्य राजनीतिक दलबीच समझदारी !

Nepalmuhar December 23, 2025
देशको गम्भीर परिस्थितिको निकासका लागि चुनाव सफल बनाऔँ: राष्ट्रपति फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्न वातावरण बनाउने समझदारी भएको छ । आज मंगलबार राष्ट्रपति भवन शीतलनिवासमा प्रधानमन्त्री सुशीला कार्कीसहित नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष ए...

देशको गम्भीर परिस्थितिको निकासका लागि चुनाव सफल बनाऔँ: राष्ट्रपति

फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्न वातावरण बनाउने समझदारी भएको छ । आज मंगलबार राष्ट्रपति भवन शीतलनिवासमा प्रधानमन्त्री सुशीला कार्कीसहित नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबिचको छलफलमा यस्तो समझदारी भएको राष्ट्रपति रामचन्द्र पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका छन् ।

पोखरेलका अनुसार, यसका लागि चुनावको वातावरण बनाउन विस्तृत छलफल बालुवाटारमा गर्ने समझदारी पनि बनेको छ । “देशको परिस्थिति गम्भीर संवेदनशील भएको अवस्थामा निकास दिनका लागि चुनावको घोषणा भएको हो, यो गम्भीरतालाई ध्यानमा राखेर निर्वाचन सफल बनाउन लाग्नु हामी सबैको एक मात्र दायित्व हो,” राष्ट्रपति पौडेलले छलफलमा बताएका थिए ।

राष्ट्रपति पौडेलले देशको वर्तमान जटिल अवस्थाको निकासका लागि निर्वाचन नै उपयुक्त विकल्प भएको बताउँदै आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन प्रधानमन्त्रीसहित मुख्य तीन राजनीतिक दलका शीर्ष नेताहरूलाई आग्रह गरेका थिए ।

Featured निर्वाचन राजनीतिक दल