Nepalmuhar Full version →
राजनीति

प्रधानमन्त्रीको प्रमुख सल्लाहकारमा कुमार बेन र राजनीतिक सल्लाहकारमा असीम साह नियुक्त

Nepalmuhar March 29, 2026
प्रधानमन्त्री बालेन शाहको प्रमुख सल्लाहकारमा कुमार बेन (कुमार व्यञ्जनकार) र राजनीतिक सल्लाहकारमा असीम साह नियुक्त भएका छन् । कुमार र असिम बालेनका निकट सहयोगी हुन् । बालेन काठमाडौं महानगरपालिकाको मेयर छँदै सहयोग गर्दै आएका थिए। बालेन र रवि लामिछानेबीचको सहकार्य पनि उनीहरुकै प्रयासमा भएको थियो । बेनको...

प्रधानमन्त्री बालेन शाहको प्रमुख सल्लाहकारमा कुमार बेन (कुमार व्यञ्जनकार) र राजनीतिक सल्लाहकारमा असीम साह नियुक्त भएका छन् ।

कुमार र असिम बालेनका निकट सहयोगी हुन् । बालेन काठमाडौं महानगरपालिकाको मेयर छँदै सहयोग गर्दै आएका थिए।

बालेन र रवि लामिछानेबीचको सहकार्य पनि उनीहरुकै प्रयासमा भएको थियो । बेनको ललितपुर पाटनस्थित घर र साहको काठमाडौंको गैह्रीधारास्थित कार्यालयमा भएका छलफलबाट बालेन र रविबीच सहमति भएको थियो ।

Featured कुमार बेन प्रमुख सल्लाहकार