Nepalmuhar Full version →
राजनीति

विद्या भण्डारी र केपी ओली एमाले कार्यालय च्यासलमा भेट्दै

Nepalmuhar July 20, 2025
पूर्वराष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी र्शमा ओलीबीच आज भेट हुने भएको छ । पार्टी केन्द्रीय कार्यालय ललितपुर च्यासलमा आज दिउँसो ३ बजे उनीहरुबीच भेट हुन लागेको हो । पूर्वराष्ट्रपति भण्डारी र ओलीबीच आज भेटवार्ता हुने पूर्वराष्ट्रपति भण्डारीका स्वकीय राजकुमार राई...

पूर्वराष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी र्शमा ओलीबीच आज भेट हुने भएको छ । पार्टी केन्द्रीय कार्यालय ललितपुर च्यासलमा आज दिउँसो ३ बजे उनीहरुबीच भेट हुन लागेको हो ।

पूर्वराष्ट्रपति भण्डारी र ओलीबीच आज भेटवार्ता हुने पूर्वराष्ट्रपति भण्डारीका स्वकीय राजकुमार राईले पुष्टि गरेका छन् । उनले ओली र भण्डारीबीच आज दिउँसो ३ बजे भेटवार्ता तय भएको बताए ।

अस्ति शुक्रबार र हिजो शनिबार चलेको पोलिटब्युरो बैठकमा भण्डारीको राजनीतिमा आगमनबारे विवाद भएको थियो । उक्त समाधान गर्न पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले भेट गरेर सल्लाह गर्न धेरैजसो पोलिटब्यूरो सदस्यहरुले सुझाव दिएका थिए ।

उक्त सुझावपछि भण्डारी र ओलीबीच आज भेट हुन लागेको स्वीकय सचिव राईले बताए । केन्द्रीय कमिटी बैठकको पूर्वसन्ध्यामा उनीहरूबीच छलफल हुन लागेको हो । एमाले केन्द्रीय कमिटीको बैठक भोलि सोमबार बस्दैछ ।

आजको भेटपछि भण्डारीलाई पार्टीमा दिइने जिम्मेवारी र उनको सदस्यता नवीकरणको विषय टुंगिने बताइएको छ ।

Featured केपी ओली विद्या भण्डारी