Nepalmuhar Full version →
अर्थ

समस्याग्रस्त सहकारीका ऋणीले भदौभित्र ऋण तिरे ब्याज र हर्जनामा छुट

Nepalmuhar July 27, 2025
समस्याग्रस्त सहकारी संस्थाका ऋणीले आगामी भदौभित्र ऋणको साँवाब्याज भुक्तानी गरे छुट पाउने भएका छन् । बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत गठित समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सूचना जारी गरी समस्याग्रस्त घोषणा सहकारीका ऋणीले भदौ ३१ गतेसम्म ऋणको साँवाब्याज भुक्तानी...

समस्याग्रस्त सहकारी संस्थाका ऋणीले आगामी भदौभित्र ऋणको साँवाब्याज भुक्तानी गरे छुट पाउने भएका छन् । बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत गठित समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सूचना जारी गरी समस्याग्रस्त घोषणा सहकारीका ऋणीले भदौ ३१ गतेसम्म ऋणको साँवाब्याज भुक्तानी गरेमा ब्याज र हर्जना छुट पाउने भएका हुन् ।

समस्याग्रस्त सहकारी संस्थाका ऋणी सदस्यले संस्था समस्याग्रस्त घोषणा हुनुभन्दा अघिल्लो दिनलाई आधार मानेर भदौ मसान्तसम्म ऋणको साँवाब्याज भुक्तानी गरेमा त्यसपछिको ब्याज र हर्जना नलाग्ने सूचनामा उल्लेख छ । भदौ मसान्तसम्म पनि ऋणको साँवाब्याज भुक्तानी गर्न नआउने ऋणीको हकमा साँवाब्याज र हर्जना रकमसमेत गणना गरी ऋण असुली गर्ने कार्यालयले जनाएको छ ।

हालसम्म बागमती प्रदेश कार्यक्षेत्र भएका पाँच सहकारी संस्था समस्याग्रस्त घोषित छन् । जसमध्ये सिभिल सहकारी २०८० भदौ २१ गते, दर्शन सहकारी २०८१ कात्तिक २१ गते र नेसनल नमोबुद्ध, लालीगुँरास तथा सुमेरु सहकारी संस्था २०८१ पुस २८ गते समस्याग्रस्त घोषित भएका हुन् ।

उजुरी दिन सकिने

अब सहकारी सङ्घ संस्थाको ऋण असुलीमा समस्या भए संस्थाले कर्जा असुली न्यायाधिकरणमार्फत प्रक्रिया अगाडि बढाउन सक्ने भएका छन् ।

सरकारले केही समयअघि गठन गरेको कर्जा असुली न्यायाधीकरणमार्फत सहकारी सङ्घ संस्थालाई ऋण असुलीका लागि वैधानिक बाटो खुलेको हो । सङ्घ संस्थाले ऋण असुलीका लागि यथेष्ट प्रयास तथा कारबाही गर्दा समेत ऋण असुली हुन नसकेमा कर्जा असुली न्यायाधिकरणमार्फत प्रक्रिया अगाडि बढाउन सहकारी विभागले जनाएको छ ।

विभागले जारी गरेको एकीकृत निर्देशन २०८२ मा संस्था स्वयम्ले ऋण असुलीको प्रयास गर्दा पनि असुली हुन नसकेको अवस्थामा ऋण असुलीका लागि न्यायाधिकरण समक्ष उजुरी दिन भनिएको छ । सहकारीबाट ऋण लिएर समयमा ऋणको साँवाब्याज भुक्तानीमा आलटाल गर्ने सदस्यलाई प्रचलित कानुन अनुसार कारबाही गरी ऋण असुली गर्न समेत विभागको निर्देशनमा उल्लेख छ ।

त्यसै गरी सहकारी संस्थाबाट ऋण लिएका सदस्यले ऋण लिँदाका बखतमा तोकिएको सर्तबमोजिम साँवाब्याजको किस्ता तोकिएकै समयमा तिनुपर्ने छ ।

समस्याग्रस्त सहकारी