Nepal Muhar Full version →
समसामयिक

मामाघरबाट १० दिनदेखी बेपत्ता बालकको शव फेला

Nepalmuhar February 8, 2025
बाराको जितपुर सिमरा मामाघर बाट १० दिन अघि गत बिहीबारदेखि बेपत्ता रौतहटका एक बालकको आज शनिवार शव फेला परेको छ ।  रौतहटको दुर्गा भवानी गाउँपालिका–१ का ३ बर्षीय हन्श चौधरी नाम गरेका  बालकको शनिवार दिउँसो शव फेला परेको हो। जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी प्रकाश सापकोटाले बालकको शव वीरगञ्ज...

बाराको जितपुर सिमरा मामाघर बाट १० दिन अघि गत बिहीबारदेखि बेपत्ता रौतहटका एक बालकको आज शनिवार शव फेला परेको छ । 

रौतहटको दुर्गा भवानी गाउँपालिका–१ का ३ बर्षीय हन्श चौधरी नाम गरेका  बालकको शनिवार दिउँसो शव फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी प्रकाश सापकोटाले बालकको शव वीरगञ्ज महानगरपालिका–३२ र जितपुरसिमरा उपमहानगरपालिका–७ को सिमानामा पर्ने टेढामा स्थित कियासोती खोलामा डुबेको अवस्थामा  फेला परेको बताएका छन्। 

बेपत्ता बालकको खोजी गर्न प्रहरीले तालिम प्राप्त कुकुरको  प्रयोग गरेको थियो। घटनाले जितपुर सिमरा सिङ्गो नगर  शोकमय  वातावरण बनेको छ। 

आफ्नो मामाघरबाट बेपत्ता बालक बारे जानकारी दिनेलाई पीडित परिवारले १ लाख रुपैयाँ इनाम दिने घोषणा गरेको थियो । त्यसैगरी बारा संसदीय क्षेत्र ४ का संघीय सांसद कृष्ण कुमार श्रेष्ठ किसान ले बेपत्ता बालकको अवस्थाबारे सूचना दिने मानिसनाई व्यक्तिगत रूपमा ५१ हजार रुपैयाँ इनाम दिनेसमेत घोषणा गरेका थिए ।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी प्रकाश सापकोटाले बालकको पानीमा डुबेर मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुमान भएपनि पोष्टमार्टम रिपोर्ट आएपछि बिस्तृत खुल्ने जानकारी दिएका छन्। मृतक बालक रौतहट दुर्गा भगवती–१ का रितेश जैसवालका छोरा थिए। उनको शव पोष्टमार्टमका लागि नारायणी अस्पताल बिरगंज पठाईएको बारा प्रहरीले जनाएको छ।
 

बालक मामाघर