STP News Full version →
विशेष रिपोर्ट

भाइ बुहारीको हत्यारा १६ बर्ष पछि पक्राउ

Nepalmuhar January 4, 2025
रौतहट स्थित आफ्नै भाई बुहारीको हत्याको आरोपी १६ वर्षपछि पक्राउ परेका छन् । बुहारीका हत्याका आरोपी कटहरिया नगरपालिका-१ का ५२ वर्षीय जितन महतो नुनियालाई १६ वर्षपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका सहप्रवक्ता इन्स्पेक्टर  उमाशंकर प्रसादले बताएका छन्। पक्राउ परेकाआरोपी जितनलाई जिल्ला अदालत ग...

रौतहट स्थित आफ्नै भाई बुहारीको हत्याको आरोपी १६ वर्षपछि पक्राउ परेका छन् ।

बुहारीका हत्याका आरोपी कटहरिया नगरपालिका-१ का ५२ वर्षीय जितन महतो नुनियालाई १६ वर्षपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका सहप्रवक्ता इन्स्पेक्टर  उमाशंकर प्रसादले बताएका छन्।

पक्राउ परेकाआरोपी जितनलाई जिल्ला अदालत गौरबाट म्याद थप गराइ थप अनुसन्धान गरिरहेको इन्स्पेक्टर उमाशंकरले जानकारी दिएका छन्।

महतोले २०६५ साल पुस २४ गते आफ्नै भाई हरिराम महतोको श्रीमती बर्ष २२ की शारदा देवीको हत्या गरी शव बेपत्ता पारेर  फरार भएका थिए।

घटनाको अनुसन्धान गर्दै जाँदा हत्या गरिएको ३ दिन पछि पुस २७ गते खेतमा गाडेको अवस्थामा प्रहरीले शारदाको शव फेला परेको थियो ।

घटना भए देखिनै फरार महतोलाई खोज तलास गर्दै शुक्रवार पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ।

जिल्ला प्रहरी रौतहटका प्रमुख एसपी दिलीप घिमिरेको निर्देशनमा प्रहरीले सञ्चालन गरेको फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत सैयौ सयौंजना अभियुक्त पक्राऊ परेका छन्।