Nepalmuhar Full version →
राजनीति

समानुपातिकतर्फका ११० सांसदलाई प्रमाणपत्र प्रदान

Nepalmuhar March 19, 2026
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसदलाई प्रमाणपत्र प्रदान गरेको छ। आज बिहीबार (चैत्र ५) आयोगले समानुपातिकतर्फका ११० सांसदलाई प्रमाणपत्र प्रदान गरेको हो। आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी, निर्वाचन आयुक्तद्वय जानुकाकुमारी तुलाधार (विद्यावारिध...

निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसदलाई प्रमाणपत्र प्रदान गरेको छ। आज बिहीबार (चैत्र ५) आयोगले समानुपातिकतर्फका ११० सांसदलाई प्रमाणपत्र प्रदान गरेको हो।

आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी, निर्वाचन आयुक्तद्वय जानुकाकुमारी तुलाधार (विद्यावारिधि) र सगुन शमशेर जबराले प्रमाणपत्र वितरण दिएका छन्।

गत फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फ ६ वटा राजनीतिक दलले सिट प्राप्त गरेका थिए। समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ५७, नेपाली कांग्रेसले २०, नेकपा )एमाले) ले १६, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले ९, श्रमसंस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले ४-४ प्राप्त गरेका थिए।

प्रत्यक्षतर्फ निर्वाचित भएका १६५ जना सांसदलाई भने मतपरिणाम सार्वजनिक भएलगत्तै सम्बन्धित मुख्य निर्वाचन अधिकृत कार्यालयबाट प्रमाणपत्र दिइएको थियो।

Featured निर्वाचन आयोग प्रमाणपत्र