STP News Full version →
अर्थ

सिटिजन लाइफले चैत १५ गतेलाई डाक्यो साधारण सभा

Nepalmuhar March 2, 2025
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो आठौँ वार्षिक साधारण सभा डाकेको छ । सभा चैत १५ गते बस्ने कम्पनीले जनाएको छ । कम्पनीको फागुन १६ गते बसेको सञ्चालक समितिको बैठकले सो सभाको मिति तय गरेको हो । सभाले आर्थिक वर्ष २०८० ÷ ०८१ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ । सभाले लेखापरीक्षकको प्रतिव...

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो आठौँ वार्षिक साधारण सभा डाकेको छ । सभा चैत १५ गते बस्ने कम्पनीले जनाएको छ ।

कम्पनीको फागुन १६ गते बसेको सञ्चालक समितिको बैठकले सो सभाको मिति तय गरेको हो ।

सभाले आर्थिक वर्ष २०८० ÷ ०८१ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ । सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०८० र ०८१ को वासलात, नाफा नोक्सान हिसाब, इक्विटीमा भएको परिवर्तन तथा नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसूचीहरु सहितको वित्तीय विवरण छलफल गरी पारित गर्ने छ ।

सो सभा अम्रपालि ब्याक्वेट भाटभटेनी नक्सालमा विहान ११ बजे गर्ने जनााएको छ । 

कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०८१ ÷ ०८२ को लागि लेखापरीक्षण समितिबाट सिफारिस भई आए बमोजिम बाह्य लेखापरीक्षक नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने (वर्तमान लेखापरीक्षक श्री एसएआर एशोशियट्स, चार्टर्ड एकाउन्टेन्ट्स, पुनः नियुक्तिका लागि योग्य रहने) प्रस्ता पारित गर्नेछ ।

कम्पनीले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल २८.४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा २६.९८ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.४२ प्रतिशत नगद लाभांश छन्। सभाले सो प्रस्ताव अनुमोदन गर्नेछ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि फागुन २८ गते एक दिन बुक क्लाृज गर्दैछ । त्यसकारण फागुन २७ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिनुको साथै लाभांश पाउन सक्नेछन् ।

साधारण सभा सिटिजन लाइफ