Nepalmuhar Full version →
राजनीति

कांग्रेसको केन्द्रिय कार्यसम्पादन समितिको बैठक सुरू

Nepalmuhar March 23, 2025
नेपाली कांग्रेसको केन्द्रिय कार्यसम्पादन समितिको बैठक बस्दैँछ । आज दिउँसो १ः०० बजे पार्टी केन्द्रीय कार्यालय, सानेपमा बस्ने भनिएकाे उक्त बैठक ढिलाे गरी सुरू भएकाे हाे । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति रहेकाे छ । कार्यसम्पादन समितिको बैठकमा समसायिक राजनीतिक घटन...

नेपाली कांग्रेसको केन्द्रिय कार्यसम्पादन समितिको बैठक बस्दैँछ ।

आज दिउँसो १ः०० बजे पार्टी केन्द्रीय कार्यालय, सानेपमा बस्ने भनिएकाे उक्त बैठक ढिलाे गरी सुरू भएकाे हाे । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति रहेकाे छ ।

कार्यसम्पादन समितिको बैठकमा समसायिक राजनीतिक घटनाक्रम, सरकारको कामकारवाहीको समीक्षा र पार्टीको भावी रणनीतिलगायतका विषयमा छलफल हुने बताइएको छ ।

गत मंगलबार सभापति शेरबहादुर देउवाको नीजि निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले कार्यसम्पादन समितिको बैठक बोलाउने निर्णय गरेको थियो ।
 


Featured कांग्रेस केन्द्रिय कार्यसम्पादन