नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । बिहान ११ बजे सिंहदरवारमा बस्ने बैठकमा संसदीय दलको नेता चयन गर्ने विषयमा छलफल हुने नेपाली कांग्रेसबाट प्रत्यक्ष निर्वाचित एक जना सांसदले बताएका छन् ।
कांग्रेस संसदीय दलको नेतामा प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे, मोहन आचार्य, भरतबहादुर खड्कादेखि निस्कल राईसम्मको चर्चा भइरहेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन्द्र शाह (बालेन), नेकपा एमालेले रामबहादुर थापा बादल, नेपाली कम्युनिस्ट पार्टीले पुष्पकमल दाहाल प्रचण्ड, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ज्ञानेन्द्र शाहीलाई दलको नेता चयन गरिसकेका छन् ।
दलको नेता चयन गर्न बाँकी कांग्रेस मात्र हो ।