STP News Full version →
समसामयिक

आजबाट कोप–२९ः नेपालले जलवायुजन्य जोखिमका उदाहरण प्रस्तुत गर्ने

Nepalmuhar November 11, 2024
जलवायुले सिर्जित गरेका जोखिमका विषयमा आजदेखि अरजरबैजानको बाकुमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि ९युएनएफसीसीसी० का पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन ९कोप–२९० सुरु हुँदैछ । कोप नोभेम्बर २२ तारिख ९मङ्सिर ७ गते० सम्म चल्ने छ । नेपालका तर्फबाट कोप सम्मेलनमा भाग लिन राष्ट्रपति र...

जलवायुले सिर्जित गरेका जोखिमका विषयमा आजदेखि अरजरबैजानको बाकुमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि ९युएनएफसीसीसी० का पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन ९कोप–२९० सुरु हुँदैछ । कोप नोभेम्बर २२ तारिख ९मङ्सिर ७ गते० सम्म चल्ने छ । नेपालका तर्फबाट कोप सम्मेलनमा भाग लिन राष्ट्रपति रामचन्द्र पौडेल हिजै बाकु प्रस्थान गरिसकेका छन् ।

राष्ट्रपति पौडेलले कोपमा हिमाल र पृथ्वीको सुरक्षाका लागि आवाज उठाउँदै छन् । सम्मलेलनमा एक सय ९२ भन्दा बढी मुलुकहरुक राष्ट्रप्रमुखदेखि उच्च पदस्थ अधिकारीहरु सहभागी हुनेछन् । जहाँ राष्ट्रपति पौडेलले हिमाल, ताललगायतको सुरक्षाको मुद्दालाई प्राथमिकताका साथ प्रस्तुत गर्नेछन् । उनले जलवायु परिवर्तनको असरका कारण बढेको जोखिमका उदाहरणसमेत प्रस्तुत गर्दै छन् ।

Featured जलवायु कोप–२९