STP News Full version →
अर्थ

सुन तस्करी प्रकरणमा पूर्वसभामुख महराविरुद्ध भ्रष्टाचार मुद्दा

Nepalmuhar April 9, 2026
अख्तियार दुरुपयोग अनुसन्धन आयोगले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । विद्युतीय चुरोट (भेप) मा लुकाएर सुन तस्करी गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महरा, उनका जेष्ठ पुत्र राहुल, नेपाल सरकारका सहसचिव अरुण पोख...

अख्तियार दुरुपयोग अनुसन्धन आयोगले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

विद्युतीय चुरोट (भेप) मा लुकाएर सुन तस्करी गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महरा, उनका जेष्ठ पुत्र राहुल, नेपाल सरकारका सहसचिव अरुण पोखरेलसहितलाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

चिनियाँ तस्करसँग मिलेर भेपको आवरणमा सुनको अवैध ओसारपसार गराएको अभियोगमा पूर्वसभामुख महरासहितलाई आज बिहीबार करिब ७ करोड रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर भएको हो ।

सभामुखकै जिम्मेवारीमा रहदा महरा रोशनी शाहीलाई यौनदुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका थिए । त्यसपछि उनी यही सुन तस्करी प्रकरणमा समेत दुई पटक पक्राउ परेका थिए ।

Featured कृष्णबहादुर महरा भ्रष्टाचार मुद्दा