Nepalmuhar Full version →
समसामयिक

विश्वकप क्रिकेट लिग–२ः आजको अन्तिम खेल नेपाल स्कटल्याण्डसँग खेल्दै

Nepalmuhar November 4, 2024
खेल अमेरिकाको डालासस्थित ग्रान्ड प्रेरी स्टेडियममा आज राति सवा दस बजे हुने आईसीसी विश्वकप क्रिकेट लिग–२ को एकदिवसीय शृङ्खलाको अन्तिम खेलमा नेपाल आज स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । स्कटल्याण्डसँगको प्रतिस्पर्धासँगै नपालले विश्वकप लिग टु अन्तर्गत अमेरिका भ्रमण टुंग्याउँदै छ । घरेलु टोलीसँगको दोस्...

खेल अमेरिकाको डालासस्थित ग्रान्ड प्रेरी स्टेडियममा आज राति सवा दस बजे हुने

आईसीसी विश्वकप क्रिकेट लिग–२ को एकदिवसीय शृङ्खलाको अन्तिम खेलमा नेपाल आज स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । स्कटल्याण्डसँगको प्रतिस्पर्धासँगै नपालले विश्वकप लिग टु अन्तर्गत अमेरिका भ्रमण टुंग्याउँदै छ ।

घरेलु टोलीसँगको दोस्रो खेलमा पनि पराजित नेपाल आज जितका साथ सिरिज अन्त्य गर्ने लक्ष्यमा छ।आफ्नो पहिलो खेलमा अमेरिकासँग तीन विकेटले पराजित भएको नेपालले स्कटल्याण्डलाई पाँच विकेटले हराएको थियो । तेश्रो खेलमा नेपाल अमेरिकासँग ३७ रनले पराजित भएको थियो।

नेपालसहित क्यानडा, अमेरिका, नेदरल्याण्डस्, स्कटल्याण्ड, नामिबिया, ओमान र यूएईले लिग–२ खेलिरहेका छन्।अहिले घरेलु टोली अमेरिका, नेपाल र स्कटल्याण्डबीच त्रिदेशीय शृङ्खला चलिरहेको छ।

Featured विश्वकप क्रिकेट लिग–२