STP News Full version →
समसामयिक

डेंगीले लियो सांसदकै ज्यान, गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको निधन

Nepalmuhar November 14, 2024
लामखुट्टेको टोकाईबाट हुने डेंगीका कारण बहालवाला सांसदले नै ज्यान गुमाउनु परेको छ । डेंगीले गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको ६३ वर्षको उमेरमा निधन भएको हो। काठमाडौंको सामाखुशी टोखारोडस्थित ग्रान्डी अस्पतालमा डेङ्गीको उपचारका क्रममा गएराति गौचनको निधन भएको नेपाली कांग्रेस म्याग्दीका पूर्वसभापति तथा...

लामखुट्टेको टोकाईबाट हुने डेंगीका कारण बहालवाला सांसदले नै ज्यान गुमाउनु परेको छ । डेंगीले गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको ६३ वर्षको उमेरमा निधन भएको हो।

काठमाडौंको सामाखुशी टोखारोडस्थित ग्रान्डी अस्पतालमा डेङ्गीको उपचारका क्रममा गएराति गौचनको निधन भएको नेपाली कांग्रेस म्याग्दीका पूर्वसभापति तथा संविधानसभा सदस्य रेशमबहादुर बानियाँले जानकारी दिएका छन् ।

गौचन नेपाली कांग्रेसको समानुपातिक कोटाबाट गण्डकी प्रदेशसभा सदस्य चुनिएकी थिइन्। गौचनको शव अस्पतालमै राखिएको र उनका छोरा अमेरिकाबाट आएपछि अन्त्येष्टि गरिने पारिवारिक सदस्यले बताएका छन् ।

सांसद गौचनलाई केही दिन अघिबाट डेंगी भएको बताइएको छ ।

Featured डेंगी विमला गौचन