आज एकाबिहानै भोटेकोशी नदीमा एकाएक विध्वंसकारी बाढी आएको छ । बाढीले रसुवागढी भन्सार क्षेत्र टिमुरेमा ठूलो क्षति पुगेको छ । बाढीले नेपाल र चीनको सीमा मितेरी पुल समेत बगाएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।
तिब्बती क्षेत्रमा भएको बर्षापछि बाढी आएको अनुमान प्रहरीले गरेको छ। बाढीले रसुवागढी भन्सार क्षेत्रमा पार्किङ गरिएका गाडी, भन्सारमा राखिएका सामानहरुसमेत बगाएको छ। बाढीले मानिसहरुसमेत बगाएको आशंका गरिएको छ। कतिपय मानिस अझै पनि नदि क्षेत्रमा फसेका प्रहरीले जनाएको छ।
सिन्धुपाल्चोक क्षेत्रका पनि व्यवसायी बाढीमा फसेका छन्। बाढीले पुर्या यएको वितण्डाको क्षति यनिक भइनसकेको प्रहरीको भनाइ छ ।