Nepalmuhar Full version →
अर्थ

गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गर्न छलफल

Nepalmuhar August 26, 2025
भैरहवास्थित गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान नियमित सञ्चालन गर्न छलफल भएको छ। आज १० भदौमा अर्थ मन्त्रालयमा भएको छलफलमा दुवै विमानस्थलमा दिगो अन्तर्राष्ट्रिय उडान गर्ने कार्ययोजनामा छलफल भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भारबहनलाई व्यवस्थापन, गौतमबुद्ध र प...

भैरहवास्थित गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान नियमित सञ्चालन गर्न छलफल भएको छ। आज १० भदौमा अर्थ मन्त्रालयमा भएको छलफलमा दुवै विमानस्थलमा दिगो अन्तर्राष्ट्रिय उडान गर्ने कार्ययोजनामा छलफल भएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भारबहनलाई व्यवस्थापन, गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडानका लागि सम्भावित थप उपाय पहिचान गरी अघि बढ्नेबारे छलफल भएको हो ।

छलफलमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारी, मुख्य सचिव एकनारायण अर्याल, सचिवहरु तथा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक लगायतको सहभागिता थियो।

Featured अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध