Nepal Muhar Full version →
राजनीति

रास्वपाको विवरण अद्यावधिक नगर्न निर्वाचन आयोगमा मुकुल ढकालको निवेदन

Nepalmuhar July 28, 2024
डा. मुकुल ढकालले आफुलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री, पार्टी प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाउने निर्णय कार्यान्वयन नगर्न निर्वाचन आयोगमा निवेदन दिएका छन् । ढकालले आयोगमा निवेदन दिदै रास्वपाले आफुलाई पदबाट हटाएको पत्र अहिलेसम्म नपाएको र राजनीतिक दलसम्बन्धि ऐन अनुसार आयोगमा पार...

डा. मुकुल ढकालले आफुलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री, पार्टी प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाउने निर्णय कार्यान्वयन नगर्न निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

ढकालले आयोगमा निवेदन दिदै रास्वपाले आफुलाई पदबाट हटाएको पत्र अहिलेसम्म नपाएको र राजनीतिक दलसम्बन्धि ऐन अनुसार आयोगमा पार्टीको विवरण अद्यावधिक नगर्न आग्रह गरेका हुन् ।

उनले आफुलाई सफाईको अवसर नै नदिएर पदबाट हटाइएको जिकिर गरेका छन् ।

रास्वपा