STP News Full version →
समसामयिक

३६७ किलो लागूऔषध गाँजासहित ५ जना पक्राउ

Nepalmuhar April 18, 2025
इन्दीप कोइराला जिल्ला प्रहरी कार्यालय बाराले ठुलो परिमाणमा बाराको बिभिन्न स्थानबाट अवैध लागु औषध गाजा बरामद गरेको छ । तिन सय ६७ किलो एक सय ४० ग्राम अवैध लागुऔषध गाजा सहित एक भारतीय नागरिक सहित ५ जना पक्राउ गरेको हो ।  जीतपुरसिमरा उपमहानगरपालिका–ं३ बजनीबाट बिहीबार मध्यरातमा ना ५ ख २५०४ नम्बरको मिनि ट...

इन्दीप कोइराला

जिल्ला प्रहरी कार्यालय बाराले ठुलो परिमाणमा बाराको बिभिन्न स्थानबाट अवैध लागु औषध गाजा बरामद गरेको छ ।

तिन सय ६७ किलो एक सय ४० ग्राम अवैध लागुऔषध गाजा सहित एक भारतीय नागरिक सहित ५ जना पक्राउ गरेको हो । 

जीतपुरसिमरा उपमहानगरपालिका–ं३ बजनीबाट बिहीबार मध्यरातमा ना ५ ख २५०४ नम्बरको मिनि ट्रकलाई चेक जाँच गर्दा १९ वटा पोकामा लुकाई राखेका तिन सय ५ किलो  लागूऔषध गाँजा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले बताएका छन् । 

ईलाका प्रहरी कार्यालय सिमराबाट खटेको टोलीले हेटौडाबाट वीरगंज तर्फ जाँदै गरेको मिनी ट्रक सहित ओसार पसार कार्यमा संलग्न रहेका ३ जना व्यक्ति समेतलाई नियन्त्रणमा लिन सफल भएको हो । पक्राउ पर्नेमा मकवानपुर जिल्ला कैलास गाउपालिका–४ बस्ने ३२ वर्षीय ट्रक चालक राजन लामा, सोही स्थानका वडा नम्बर १० बस्ने ट्रकमा सवार २७ वर्षीय जिवन ठोकर र मकवानपुर जिल्ला हेटौडा उपमहानगरपालिका–३ बस्ने ३३ वर्षीय ईश्वर लोप्चन रहेका छन ।

त्यसै बारा प्रहरीले विशेष सूचनाको आधारमा बिहिबार ईलाक प्रहरी कार्यालय प्रसौनी बाराबाट खटिएको प्रहरीले बाराको प्रसौनी गाउपालिका–४ स्थित खुटवाको एक घरबाट विक्री वितरण गर्ने उद्देश्य सहित लुकाई छिपाई राखेको दुई किलो एक सय ४० ग्राम लागूऔषध गाँजा सहित ३१ वर्षीय पवन कुमार साहलेलाई नियन्त्रणमा लिएको छ ।

यस्तैगरी विशेष सूचनाकै आधारमा ईलाका प्रहरी कार्यालय सिम्रौनगढ बाराबाट खटिएको प्रहरी टोलिले बाराको पचरौता नगरपालिका–१ मुसहरीटोल स्थित एक मकैबारी हुँदै नेपालबाट भारत तर्फ लागूऔषध गाँजा निर्यात हुदैँ गरेको सुचनाकै आधारमा प्रहरीले टाउकोमा बोकी ओसार पसार गर्दै गरेका एक भारतीय नागरिकलाई नियन्त्रणमा लिन सफल भएको हो । 

प्रहरीले ओसार पसार गर्ने भारतको बिहार प्रान्त मोतिहारी जिल्ला पञ्चायत बिजवनी थाना जितना ग्राम रेगनीया बस्ने २५ बर्षीय राजबिहारी कुमारलाई चारवटा पोकामा रहेको ६० किलो लागूऔषध गाँजा पक्राउ गरेको हो ।  
 

लागूऔषध