STP News Full version →
राजनीति

परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच द्विपक्षीय भेटवार्ता

Nepalmuhar November 30, 2024
परराष्ट्रमन्त्री आरजु राणा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच द्विपक्षीय भेटवार्ता भएको छ। शुक्रबार अपरान्ह चीनको छेङ्दु सहरमा उनीहरूबीच  द्विपक्षीय भेटवार्ता भएको हो । चिनियाँ विदेशमन्त्रीको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमणमा रहेकी उनी प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको तयार...

परराष्ट्रमन्त्री आरजु राणा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच द्विपक्षीय भेटवार्ता भएको छ।

शुक्रबार अपरान्ह चीनको छेङ्दु सहरमा उनीहरूबीच  द्विपक्षीय भेटवार्ता भएको हो ।

चिनियाँ विदेशमन्त्रीको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमणमा रहेकी उनी प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको तयारीका सिलसिलामा बिहीबार त्यहाँ पुगेकी हुन ।

उनी प्रधानमन्त्री ओलीसँगै मंसिर २० गते स्वदेश फर्कने छिन् ।

परराष्ट्रमन्त्री चिनियाँ विदेशमन्त्री