Nepalmuhar Full version →
राजनीति

तीनकुने घटनाको उच्चस्तरीय आयोग बनाएर छानबिन गरः रास्वपा

Nepalmuhar March 29, 2025
तीनकुनेमा भएको राजावादीहरूको हिंस्रक प्रदर्शनबारे छानबिन गर्न उच्च स्तरीय आयोग बनाउनु पर्ने माग गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको आज बसेको केन्द्रिय सचिवालय बैठकले सो माग गरेको हो । तीनकुने, कोटेश्वर र जडीबुटी क्षेत्रमा शुक्रबार दिउँसो देखी साँझसम्म अराजक र हिंस्रक घटनामा संलग्न दोषीहरूलाई कान...

तीनकुनेमा भएको राजावादीहरूको हिंस्रक प्रदर्शनबारे छानबिन गर्न उच्च स्तरीय आयोग बनाउनु पर्ने माग गरिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको आज बसेको केन्द्रिय सचिवालय बैठकले सो माग गरेको हो ।

तीनकुने, कोटेश्वर र जडीबुटी क्षेत्रमा शुक्रबार दिउँसो देखी साँझसम्म अराजक र हिंस्रक घटनामा संलग्न दोषीहरूलाई कानूनी दायराभित्र ल्याई यथोचित कारबाही सुनिश्चित गर्न उच्च न्यायिक छानबिन आयोग गठन गर्न सरकारसँग माग गर्ने बैठकले निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।
 

Featured आयोग तीनकुने घटना