अमेरिकाका पूर्वराष्ट्रपति जिम्मी कार्टरको निधन भएको छ । १०० सय बर्षको उमेरमा उनको निधन भएको हो ।
कार्टरको कामका कारण उनलाई २००२ मा शान्तिको लागि नोबेल पुरस्कार दिइएको थियो । अमेरिकाको राष्ट्रपति भएर मध्य पूर्वमा एक ऐतिहासिक शान्ति सम्झौता गराएका नेताका रूपमा कार्टर विश्व प्रसिद्ध छन् ।
उनको आइतबार १०० वर्षको उमेरमा निधन भएको कार्टर सेन्टरले जनाएको छ । उनले फेब्रुअरी २०२३ मा अस्पतालमा उपचारका लागि भर्ना भएका थिए, त्यसपछि उनी घरमा नै स्वास्थ्य लाभ गरिरहेका थिए । उनी अमेरिकामा सबैभन्दा लामो उमेर बाँच्नै राष्ट्रपति हुन् ।