STP News Full version →
समसामयिक

अर्काको तास देख्ने लेन्स प्रयोग गरी जुवा खेलाउने ४ जना भारतीय जेल चलान, ३ जना रिहा

Nepalmuhar January 7, 2026
‘आइलेन्स’ को प्रयोग गरी जुवामा ठगी गरेको आरोपमा पक्राउ परेका ४ जना पुर्पक्षका लागि थुनामा पुगेका छन् । एक चिनियाँ नागरिक र दुई नेपाली महिला भने क्रमशः पाँच लाख र एक लाख रुपैयाँ धरौटी रिहा भएका छन् ।काठमाडौंको ठमेलस्थित छायाँ सेन्टरमा रहेको वाल्डो डाइनास्टी इन्टरटेन्मेन्ट प्रालिमा क्यासिनो खेल्ने क्र...

‘आइलेन्स’ को प्रयोग गरी जुवामा ठगी गरेको आरोपमा पक्राउ परेका ४ जना पुर्पक्षका लागि थुनामा पुगेका छन् । एक चिनियाँ नागरिक र दुई नेपाली महिला भने क्रमशः पाँच लाख र एक लाख रुपैयाँ धरौटी रिहा भएका छन् ।
काठमाडौंको ठमेलस्थित छायाँ सेन्टरमा रहेको वाल्डो डाइनास्टी इन्टरटेन्मेन्ट प्रालिमा क्यासिनो खेल्ने क्रममा आइलेन्सको प्रयोग गरी ठगी गरेको आरोपमा भारतीय, चिनियाँ र नेपाली नागरिक पक्राउ परेका थिए ।

पक्राउ पर्नेमा हङकङ वाङ पु फा युआन जोउका क्यासिनो सञ्चालक च्यान म्यान चिङसहित भारतको उत्तर पश्चिम दिल्लीका सुरेश महाजन, उत्तराखण्ड देहरादूनका प्रमोद मौर्य, देहरादूनकै विक्रम सिंह र हरियानाका दिनेश वर्मा थिए । नेपालीहरुमा सुनसरी रामधुनीकी चिजा खड्का र काठमाडौं टोखाकी भवानी पाण्ड़े थिए ।

चिनियाँ नागरिक चिङ पाँच लाख धरौटीमा छुटेका छन् भने नेपाली नागरिक एक लाख धरौटी तिरेर छुटेको प्रहरीले जनाएको छ । अन्य भारतीय नागरिकलाई भने पुर्पक्षका लागि कारागार पठाइएको छ । क्यासिनोबाट प्रहरीले आइलेन्स, तास, नगद, मोबाइल फोन, राहदानी, एटिम कार्ड लगायतका सामग्री बरामद गरेको थियो।

Featured जुवा तास