Nepalmuhar Full version →
समसामयिक

रौतहटमा पाँच लाख बढीको भन्सार छलीको सामानसहित ४ मोटरसाईकल बरामद

Nepalmuhar May 23, 2025
जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतबाट खटिएको प्रहरी गस्ती टोलिले ५ लाख रुपैयाँ भन्दा बढीको भन्सार छलीको सामान सहित ४ थान मोटरसाईकल बरामद गरेको छ। प्रहरी टोलीले विभिन्न स्थानमा गस्ती गर्दै जाने क्रम्मा भारतबाट भन्सार छली गरी ल्याउदै गरेको ५लाख  ६ हजार ४५० रुपैयाँ बराबरको लत्ता कपडा, रक्सी, किराना...

जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतबाट खटिएको प्रहरी गस्ती टोलिले ५ लाख रुपैयाँ भन्दा बढीको भन्सार छलीको सामान सहित ४ थान मोटरसाईकल बरामद गरेको छ।

प्रहरी टोलीले विभिन्न स्थानमा गस्ती गर्दै जाने क्रम्मा भारतबाट भन्सार छली गरी ल्याउदै गरेको ५लाख  ६ हजार ४५० रुपैयाँ बराबरको लत्ता कपडा, रक्सी, किराना सर सामानहरु र ४ थान मोटरसाईकल नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले न्युजकारखाना लाई बताए । 

बरामद सामान सहित मोटरसाईकल आवश्यक कारवाहीको लागि जिल्ला भन्सार कार्यालय, गौरमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ।
 


Featured भन्सार छली रौतहट