Nepalmuhar Full version →
राजनीति

कांग्रेस बैठकः नेविसंघसहित महाधिवेशन गर्न नसकेकेर ‘अयोग्य’ भएका भ्रातृ संगठन विघटनको तयारी

Nepalmuhar March 25, 2026
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि जारी छ । पार्टी कार्यालय सानेपामा बसिरहेको बैठकमा हिजो प्रस्ताव भएका ११ विषयमा केन्द्रित रहेको प्रवक्ता देवराज चालिसेले बताएका छन्। बैठकमा नेताहरूले धारणा राख्ने क्रम जारी छ । नेताहरूले बोलेपछि आजै बैठक टुङ्ग्याउने कांग्रेसको तयारी छ । जारी बैठकले १५ औँ...

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि जारी छ । पार्टी कार्यालय सानेपामा बसिरहेको बैठकमा हिजो प्रस्ताव भएका ११ विषयमा केन्द्रित रहेको प्रवक्ता देवराज चालिसेले बताएका छन्।

बैठकमा नेताहरूले धारणा राख्ने क्रम जारी छ । नेताहरूले बोलेपछि आजै बैठक टुङ्ग्याउने कांग्रेसको तयारी छ । जारी बैठकले १५ औँ महाधिवेशनको कार्यतालिका ल्याउँदै छ । हिजो सभापति गगन थापाले भदौ २४ देखि २६ गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका पेस गरेका थिए ।

यस्तै, बैठकले महाधिवेशन गर्न नसकेका भ्रातृ सङ्घ, शुभेच्छुक संस्था र जनसम्पर्क समितिबारे पनि निर्णय लिने तयारी गरेको छ । अहिलेसम्म नेविसंघ, तरुण दल, महिला सङ्घ, दलित सङ्घ, लोकतान्त्रिक खेलकुद सङ्घ र नेपाल थारू सङ्घले महाधिवेशन गर्न सकेको छैनन् । यी सङ्गठनलाई विघटन गर्ने तयारी भइरहेको एक नेताको भनाइ छ ।

त्यसो त नेविसंघले त आफूलाई कांग्रेसको भ्रातृ संस्थाबाट अलग भएको घोषणा गरिसकेको छ । अध्यक्ष दुजाङ शेर्पाको यो निर्णयप्रति नेविसंघभित्रै मतभेद चलिरहेको छ । सभापति थापा नेतृत्वको कांग्रेसले आफूले महाधिवेशन गर्न नसकेको नालायकीलाई माफ नदिने बुझेरै ने.वि. संघ अध्यक्ष शेर्पाले भातृ संसथाबाट अलग भएको नाटक गरेका कांग्रैस संस्थापकको बुझाइ छ ।

पार्टी विधान अनुसार गठित भ्रातृ संगठनले आफूखुसी निर्णय गर्न नमिल्ने र यो अनुशासनको विषय बन्न सक्ने नेताहरूले बताउँदै आएका छन् ।

Featured कांग्रेस बैठक