Nepalmuhar Full version →
राजनीति

प्रतिनिधिसभाः सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण

Nepalmuhar April 8, 2026
प्रतिनिधिसभाको आजको बैठकमा माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएर फर्किएका महोत्तरीका तीन विद्यार्थीको सवारी दुर्घटनामा निधन भएको विषयमा ध्यानाकर्षण गराइएको छ । सभाको आजको आकस्मिक समयमा सांसद समिना मियाँले जलेश्वर–बर्दिबास सडकखण्डमा भएको मोटरसाइकल दुर्घटनामा निधन भएकोमा दुःख व्यक्त गर्दै यस्ता घटना हुन...

प्रतिनिधिसभाको आजको बैठकमा माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएर फर्किएका महोत्तरीका तीन विद्यार्थीको सवारी दुर्घटनामा निधन भएको विषयमा ध्यानाकर्षण गराइएको छ ।

सभाको आजको आकस्मिक समयमा सांसद समिना मियाँले जलेश्वर–बर्दिबास सडकखण्डमा भएको मोटरसाइकल दुर्घटनामा निधन भएकोमा दुःख व्यक्त गर्दै यस्ता घटना हुन नदिन सडक सुरक्षा, सचेतना, ट्राफिक नियमको कडाइपूर्ण पालना र शीघ्र उद्धार प्रबन्धको योजना बनाउन माग गरिन । उनले घाइतेहरूको निःशुल्क उपचारका लागि पनि आग्रह गरिन ।

जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा गाउँमा हिजो मङ्गलबार दुई मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु भएको थियो ।

Featured विद्यार्थी सवारी दुर्घटना