STP News Full version →
अर्थ

नेप्सेमा दोहोरो अंकले सुधार

Nepalmuhar August 4, 2025
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । नेप्से परिसूचक आज १६ दशमलव ४६ अङ्कले बढेर दुई हजार ८७५ दशमलव ३६ को विन्दुमा कायम भएको हो ।  यो हिजो तुलानामा शून्य दशमलव ५७ प्रतिशतको सुधार हो । आज ३२५ कम्पनीको दुई करोड ७१ लाख ६९ हजार ७५५ कित्ता शेयर खरिदबिक्री भएको छ […]

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । नेप्से परिसूचक आज १६ दशमलव ४६ अङ्कले बढेर दुई हजार ८७५ दशमलव ३६ को विन्दुमा कायम भएको हो । 

यो हिजो तुलानामा शून्य दशमलव ५७ प्रतिशतको सुधार हो । आज ३२५ कम्पनीको दुई करोड ७१ लाख ६९ हजार ७५५ कित्ता शेयर खरिदबिक्री भएको छ ।

जसअनुसा एक लाख ४९ हजार २७४ पटक खरिदबिक्री हुँदा १० अर्ब ८२ करोड २४ लाख ४९ हजार ४०२ बराबरको कारोबार भएको छ ।


नेप्से