Nepalmuhar Full version →
अन्तर्राष्ट्रिय

दिल्लीमा मोदीले पुटिनलाई दिए गीता उपहार

Nepalmuhar December 5, 2025
रुसका राष्ट्रपति भ्लादिमिर पुटिन हिजो बिहीबार साँझ भारत आइपुगेका छन्। दुईदिने भारत भ्रमणका क्रममा पुटिन दिल्ली ओर्लिँदा उयनलाई स्वागत गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफैँ विमानस्थल पुगेका थिए। रमाइलो के भने पुटिन दिल्लीमा ओर्लनसाथ मोदीले उनलाई रुसी भाषामा लेखिएको गीताको पुस्तक उपहार दिएका छन...

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन हिजो बिहीबार साँझ भारत आइपुगेका छन्। दुईदिने भारत भ्रमणका क्रममा पुटिन दिल्ली ओर्लिँदा उयनलाई स्वागत गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफैँ विमानस्थल पुगेका थिए।

रमाइलो के भने पुटिन दिल्लीमा ओर्लनसाथ मोदीले उनलाई रुसी भाषामा लेखिएको गीताको पुस्तक उपहार दिएका छन्। प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल प्लाटफर्म एक्समा लेखेका छन्, ुराष्ट्रपति पुटिनलाई रुसी भाषामा लेखिएको गीताको प्रतिलिपि दिएँ। गीताको शिक्षाले विश्वभरका लाखौँलाई प्रेरणा दिन्छ।ु

हिजै साँझ विमानस्थलमा औपचारिक स्वागतपछि प्रधानमन्त्री मोदी र राष्ट्रपति पुटिन एउटै कारमा प्रधानमन्त्री मोदीको आधिकारिक निवास ७, लोक कल्याण मार्ग पुगेका थिए। युक्रेनसँग युद्ध सुरु भएयता राष्ट्रपति पुटिन पहिलोपटक भारत भ्रमणमा आएका हुन्।

रुसी राष्ट्रपतिले भारतीय प्रधानमन्त्री मोदीसँगै २३औँ भारत-रुस वार्षिक शिखर सम्मेलनमा भाग लिनेछन्।

पुटिन मोदी