Nepalmuhar Full version →
अर्थ

जाजरकोटमा ठेक्का अनियमितताः विशेष अदालतमा छ जना विरुद्ध आरोपपत्र दायर

Nepalmuhar August 28, 2025
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटको भेरी नगरपालिकामा ठेक्का प्रक्रियामा अनियमितता गरेको अभियोगमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ। अख्तियारका अनुसार, भेरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत दल बहादुर घर्ती, इन्जिनियर मोहन मल्ल, कानून अधिकृत प्रकाश कुमार शाही, स...

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटको भेरी नगरपालिकामा ठेक्का प्रक्रियामा अनियमितता गरेको अभियोगमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।

अख्तियारका अनुसार, भेरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत दल बहादुर घर्ती, इन्जिनियर मोहन मल्ल, कानून अधिकृत प्रकाश कुमार शाही, सामाजिक विकास अधिकृत अनिस साह, लेखापाल राजेन्द्रबहादुर कठायत र जिन्सी शाखा प्रमुख तथा नायब सुब्बा कृति बहादुर थापाले जनही ३६ लाख २० हजार ५७८.१० रुपैयाँ बराबरको हिनामिना तथा दुरुपयोग गर्ने कार्यमा संलग्न भएको देखिएको छ।

त्यस्तै, ठेक्का सम्झौतामा संलग्न कम्पनी न्यु बिके नहकुली जेभीका संयुक्त उद्यमका साझेदार न्यु बिके बिल्डर्स एण्ड सप्लायर्सकी प्रोप्राइटर गंगा कुमारी खड्का र नहकुली निर्माण सेवाका प्रोप्राइटर चित्र बहादुर बोहरासमेतले ३६ लाख २० हजार ५७८.१० रुपैयाँ बराबरको गैरकानूनी लाभ लिएको आरोपपत्र दायर भएको छ।

आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीका अनुसार भेरी नगरपालिकाले आ।व। २०८०र८१ मा वडा नं। ६, ९ र १० का वडा कार्यालय भवन निर्माणका लागि बोलपत्र आह्वान गर्दा सार्वजनिक खरिद नियमावली विपरीत काम भएको पाइएको छ।

अनुसन्धानमा मूल्याङ्कन प्रक्रियामा बद्नियतपूर्ण ढंगले बोलपत्रदाता कम्पनीहरूलाई अनुत्तीर्ण गराइएको, कानूनी प्रावधान विपरीत खारेज भएको प्रावधान राखी बोलपत्र आह्वान गरिएको तथा प्रतिस्पर्धी कम्पनीलाई जानाजानी असफल बनाइएको देखिएको अख्तियारले जनाएको छ।

सार्वजनिक खरिद प्रक्रियामा सारभूतरूपमा प्रभावकारी देखिएका चार बोलपत्रदातामध्ये तीनलाई अनुत्तीर्ण गराई प्रतिस्पर्धा सीमित बनाई लक्षित कम्पनी न्यु बिकेरनहकुली जेभीसँग ठेक्का सम्झौता गरिएको उल्लेख गरिएको छ।

यसरी गरिएको अनियमितताले न्यून कबोल गर्ने कम्पनी रन्जित राजन कन्स्ट्रकसन प्रालि प्रालिको कबोल र सम्झौतामा भएको रकमबीचको अन्तर ३६ लाख २० हजार ५७८ रुपियाँ १० पैसा बराबरको हिनामिना तथा सरकारी सम्पत्तिमा हानि नोक्सानी पुगेको आयोगले जनाएको छ।

Featured ठेक्का जाजरकोट