Nepal Muhar Full version →
समसामयिक

फागुन २१ को निर्वाचनमा कुल एक करोड उनान्नब्बे लाख तीन हजार छ सय ८९ जना मतदाता

Nepalmuhar December 27, 2025
आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मतदाताको अन्तिम नामावली प्रकाशन गरेको छ । आज शनिबार (पुस १२०) निर्वाचन आयोगले मतदाता नामावली प्रकाशन गरेको हो । “संवत् २०६२ साल फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि मतदाता नामावली ऐन, २०७३ को दफा २० बमोजिम आयोगबाट आ...

आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मतदाताको अन्तिम नामावली प्रकाशन गरेको छ । आज शनिबार (पुस १२०) निर्वाचन आयोगले मतदाता नामावली प्रकाशन गरेको हो ।

“संवत् २०६२ साल फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि मतदाता नामावली ऐन, २०७३ को दफा २० बमोजिम आयोगबाट आज अन्तिम मतदाता नामावली प्रकाशन गर्ने निर्णय भएको छ,” आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

आउँदो फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने नागरिकको विवरणलाई अद्यावधिक गरी मतदाता नामावली प्रकाशन गरिएको आयोगले जनाएको छ ।

“प्रकाशित अन्तिम मतदाता नामावलीमा ९६,६३,३५८ पुरुष, ९२,४०,१३१ महिला र अन्य २०० गरी जम्मा १,८९,०३,६८९ मतदाता समावेश भएका छन्,” आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मतदाताले आफ्नो नाम र विवरण आयोगको वेबसाइटमा हेर्न सक्नेछन् । ०७९ सालमा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा पुरुष ९१,४०,८०६, महिला ८८,४७,५७९ र अन्य १८५ गरी कुल मतदाता संख्या १,७९,८८,५७० थियो ।

“वि। सं। २०७९ को तुलनामा २०८२ मा कुल मतदाताको संख्या ९,१५,११९ ले वृद्धि भएको छ भने पुरुष मतदाताको संख्या ५,२२,५५२, महिला मतदाताको संख्या ३,९२,५५२ र अन्य मतदाताको संख्या १५ ले वृद्धि भएको छ,” विज्ञप्तिमा उल्लेख छ ।

Featured निर्वाचन मतदाता